पार्टी एकताप्रति असहमती जनाउने माओवादी केन्द्रका तीन नेता निष्कासित !

काठमाडौँ । पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई माओवादी केन्द्रले निष्कासन गरेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

नेता वर्षमान पुनका अनुसार पार्टी निर्णय विपरीत गतिविधि गर्ने र एकताको विरोधमा रहेका लोकेन्द्र विष्टमगर, गोपाल किराती र विश्वभक्त दुलाल पार्टीमा नरहेको घोषणा बैठकले गरेको हो । एमालेसँग एकता गर्ने घोषणादेखि नै विष्ट, किराती र दुलाल असन्तुष्ट थिए । ती नेताहरुले माओवादी एमालेसँग विलय हुन लागेको आरोप समेत लगाइरहेका र यही फागुन १ गतेको ‘जनयुद्ध’ दिवस पनि मोहन वैद्य र नेत्रविक्रम चन्दको पार्टीले आयोजना कार्यक्रममा मनाएका थिए ।

सम्बन्धित शिर्षकहरु