
एजेन्सी । आफ्नै पूर्व प्रेस संयोजकसँग नाजायज सम्बन्ध राखेको खबरहरु बाहिर आएपछि अष्ट्रेलियाली उपप्रधानमन्त्री बारनबी जोएसको राजीनामा त्यहाँका दुईतिहाई मतदाताहरुले चाहेको एक सर्वेक्षणले सोमबार देखाएको छ । यसले त्यहाँ पहिलैदेखि नै कमजोर बनेको सरकारमाथि अझ दबाब थपेको छ ।
‘पारिवारिक मुल्य’ को कदर गर्ने क्याथोलिक धर्मका उपप्रधानमन्त्री जोएस २४ वर्षदेखि विवाहित छन् । आफ्नी पूर्व प्रेस संयोजक आफुबाट गर्भवती भएको खबर बाहिर आएपछि पनि जोएसले राजीनामा दिन अस्वीकार गरेका छन् ।
अष्ट्रेलियाली अखबारको उक्त सर्वेक्षणले ६५ प्रतिशत मतदाताहरुले ग्रामित आधारित नेशनल दलका नेता जोएसको राजीनामा चाहेको देखाएको छ । हाल अष्ट्रेलियामा नेशनल र लिबरल दलसँग गठबन्धनमा सरकार चलाउँदै आएको छ । यी दुई दलको गठबन्धन १९२३ देखि चल्दै बएको हो । जोएसको मुद्दाले हाल अष्ट्रेलियाको गठबन्धन सरकारमा संकट उत्पन्न गराएको छ ।








