
काठमाडाैँ । नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को शीर्ष दुर्इमा रहँदै विश्वकप छनोटमा स्थान बनाएर फर्केको नेपाली टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ३ लाख रुपैयाँ दिइने भएको छ । घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा आज दिउँसो साढे तीन बजे खेलाडी तथा अफिसियललार्इ बधाइ दिँदै सम्मान पनि गरी उक्त पुरस्कार राशी प्रदान गरीने बताएका छन्।
कार्यक्रममा प्रशिक्षकसहित टोलीका सबैलाई सो रकम प्रदान गर्ने घोषणा गरीएको हो। यसैगरी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि राष्ट्रिय टोलीका सदस्यलाई प्रतिव्यक्ति एकएक लाख रकम प्रदान गर्ने जनाएको छ।






