एमाले-माओवादी केन्द्र पार्टी एकता आज टुङ्गो लाग्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता आजै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘अब पार्टी एकताले मुर्तरुप लिंदै। संभवत आजै बस्ने पार्टी एकता संयोजन समितीको बैठकले ठोस टुंगो लगाउंदै।’

सम्बन्धित शिर्षकहरु