
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अाज भेटवार्ता भएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा समस्या देखिरहेकै बेला अाज भएको भेटवार्ताले एकता संयोजन समितिको बैठक अाइतबार बोलाउने निर्णय गरेको छ ।
नेकपा एमालेले माओवादबारे कुरै नगर्ने र जबजलाई मान्नुपर्ने प्रस्ताव राखेपछि दुई दलबीच दूरी बढेको थियो भने माओवादीले सरकारमा मन्त्री पनि पठाएको छैन । यिनै विषयवस्तुमा आधारित भएर छलफल भएको एमाले स्रोतले जनाएको छ ।
भेटवार्तापछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताकाबारेमा छलफल भएको बताएका छन् । उनले भने, ‘पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।’








