पुष्पलाल र मनमोहन पदभन्दा माथि हुनुहुन्थ्योः प्र.म. ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गरेका छन् । मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीकै बाटोमा हिड्ने बताउनुका साथै अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको पनि बताए ।

उनले भने, ‘अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो ।’ पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा पनि उनले व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु