
काठमाडौँ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आज बस्ने बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको बताएकी छिन् । पछिल्लो समय माओवादी तथा एमालेका शिर्ष नेताहरु पार्टी एकताका लागि साझा केन्द्रबिन्दु खोजी रहेका छन् । बिहिबार बस्ने भनेको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिका कारण सरेको थियो ।
शीर्ष नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्याइने बताएका छन् ।यसैगरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ । एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा नमिलेको बताइएको थियो । यसै कारण पनि माओवादीले सरकारमा जाने निर्णय नगरेको बताइएको छ ।








