
धनुषा । प्रदेश नम्बर २ को एमाले संसदीय दलको नेताका लागि आज भएको मतदानमा सत्यनारायण मण्डल निर्वाचित भएका छन् । संसदीय दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सहमती हुन नसकेपछि आज मतदानमार्फत संसदीय दलको नेता चुनिएको हो ।
मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी भएका हुन् भने महतोले ८ मत प्राप्त गरी पराजित भएका छन् । एमालेको तर्फबाट २१ सांसद रहेको प्रदेश २ मा अाजको निर्वाचनमा भने १ बदर भएको छ ।








