देउवाले दिए राजीनामा, केपी ओली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । मन्त्रीपरिषद बैठक सकिएलगत्तै बालुवाटारबाट प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्वोधन गरेर तीन तहको निर्वाचन सरकारले सफलतापूर्वक सम्पन्न गरेको र संविधान सफल कार्यान्वयनमा ल्याएको बताए । आफ्नो प्रधानमन्त्रीत्वकाल सफल भएको र याे अवधीमा छिमेकी देश र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गरेको पनि उनले दाबी गरेका छन् ।

यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । वाम गठबन्धनबाट बहुमतसहित ओलीको नेतृत्वमा गठबन्धन सरकारको लागि आजै एमाले र माओवादीले  राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शीतल निवासमा आयोजना हुने शपथ ग्रहण समारोहमा दिउँसो ४ बजे सपथ लिने कार्यक्रम रहेको छ । संविधानअनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । बहुमतको लागि १३८ मत चाहिन्छ तर, वाम गठबन्धनसँग २७५ सदस्यीय प्रतिनिधिसभामा १६४ सांसद रहेमा छन् ।

 

सम्बन्धित शिर्षकहरु