
भक्तपुर । भक्तपुरको नागपोखरीस्थित एउटा फर्निचर उद्योग अाज अगलागी हुँदा करीब १० लाख बराबरको धनमालको क्षति भएको छ । स्थानीय बाबुकाजी शिल्पकारको फर्निचर उद्योगमा अागो लागेको हो ।
बिहान सवा चार बजेतिर लागेको आगो करीब एक घण्टापछि मात्र नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाटनियन्त्रणमा आएको थियो।
आगोलागीमा परी काठ चिर्ने मेसिन ३ थान, जेनरेटर १ थान र काठ जलेर नष्ट भएका छन् । अागलागी कसरी सुरू भयो भन्नेबारे थप अनुसन्धान भइरहेको बताइएको छ।








