
सिड्नी । नेपाली कांग्रेसका तीन मन्त्री र दर्जनौँ कर्मचारी उपलब्धि विहिन रुपमा अस्ट्रेलियाको भ्रमणमा रहेका छन्। आफ्नो कार्यकालको अन्ततिर आइपुगेका मन्त्री र कर्मचारीको बिदेश भ्रमणमा दुइ अर्व रुपैँया खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अस्ट्रेलियामा नेपाली कांग्रेसका युवा नेता तथा अर्थ राज्यमन्त्री उदय शम्सेर राणा लगायतको अर्थ मन्त्रालयको आधा दर्जनको टोली सिड्नी ,क्यानबेरा र ब्रिजबेनको करिब एक हप्ते भ्रमणमा रहेको छ। यस्तै कृषि राज्य मन्त्री सरिता प्रसाई पनि सचिव सुरोज पोखरेलसहित सात जना कर्मचारीको साथमा मेलवर्न भ्रमणमा छिन्।
यस्तै यसै हप्ता नेपाली कांग्रेशका युवा नेता तथा वाणिज्य मन्त्री मिन बिश्वकर्माको टोली पनि अस्ट्रेलियाको भ्रमणमा आउने पक्कापक्की भैसकेको छ। मन्त्रीसँंग मन्त्रालयको टोली पनि ठूलै रहेको छ।
राजनितीक पराजय र पार्टीको निती तथा कार्यक्रम र कार्यकर्ताको निराशा मेट्न भन्दा सकिदै गरेको कार्यकाललाई स्वादिलो बनाउने सवालमा कांग्रेशी मन्त्रीहरू पनि चोखा देखिएनन्। सिड्नीका कानुन ब्यवसायी खिलेन्द्रराज तिम्सीना बताउँछन्। राज्यको ढुकुटी सक्ने सवालमा अस्ट्रेलियामा भने कुनै मन्त्रीको गतिलो कार्यक्रम देखिएन। कोहि मौरी पालन ,कोही कृषि फारम र केहि भने एनआरएन अस्ट्रेलियाको निम्ता मगाएर घुम्न आएको देखिएको छ।
अर्थराज्य मन्त्री राणाको टोलीलाई एनआरएन अस्ट्रेलियाले लगानीका विषयमा छलफलमा निम्त्याएको हो। कार्यक्रमको विषयमा स्वंय एनआरएनका कतिपय पदाधिकारी र सदस्य नै अनभिज्ञ रहेको देखियो। जुन विषय आफैँमा रहस्यमय बनेको छ। यति मात्र हैन अन्य केहि मन्त्रालयका पदाधिकारी पनि अस्ट्रेलिया आउने क्रम जारी रहेको छ।








