
दाङ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित कोमल अोली मंगलबार हातमा पञ्जा लगाएर तुलसीपुरको सडकमा देखिइन् । उनी ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रममा सहभागी भएकी थिइन् र बिद्यार्थीहरुसँगै सडकमा फोहोर टिप्दै हिंडिरहेकी थिईन् ।
सरसफाइ कार्यक्रममा तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं सदस्य सुरक्षाकर्मी र बिद्यार्थीहरुलगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।








