कञ्चनपुर । भारतीय सिमामा फेरि तनाव सुरु भएको छ । भारतीय सुरक्षा बल एसएसवीले नेपाली भूमीमा बनाउन लागेको सडक निर्माणमा अवरोध गरेपछि कञ्चनपुरको बेलौरीमा तनाव भएको हो । बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले रोकेपछि अहिले नेपाली पक्षले सिमा क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।
उनिहरुले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । दशगजा क्षेत्रमा सडक बनाउन नपाइने नियम अनुसार नै रोकिएको भारतीय पक्षको दावी छ भने दशगजा क्षेत्र भन्दा १५ मिटर वरै आएर एसएसवीले हस्तक्षेप गरेको नेपाली पक्षको आरोप छ । सडक निर्माणकै क्रममा पोहोरसालको चैतमा झडप हुँदा भारतीय प्रहरीले चलाएको गोली लागेर पुनर्वासका गोविन्द गौतको ज्यान गएको थियो ।








