यसरी कोमल वली बनिन् राष्ट्रिय सभा सदस्य

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि कलाकार कोमल वलीसहित १२ महिला निर्बिरोध भएका छन्। बुधवार राष्ट्रियसभाका लागि भएको उम्मेदवारी दर्ताका क्रममा प्रदेश १, २, ५ र ७ नम्बर प्रदेशबाट तीन, तीन जनाका दरले वलीसहित १२ महिला निर्बिरोध निर्वाचित भएका हुन्।

२४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। ५६ सिटका लागि हुने निर्वाचनमा ९ पार्टीले उम्मेदवारी दर्ता गरेका छन्।
प्रदेश–१ बाट १२ जनाले उम्मेदवारी दिएका छन्।

यसैगरी प्रदेश–२ बाट ९, प्रदेश–३ बाट १६, प्रदेश–४ बाट १२, प्रदेश–५ बाट ११, प्रदेश–६ बाट १२ र प्रदेश–७ बाट १० जनाले उम्मेदवारी दिएका छन्।

सम्बन्धित शिर्षकहरु