भूकम्प र बाढीपीडितलाई थप १ लाख अनुदान, अब ६५ वर्षमै वृद्धभत्ता

काठमाडौँँ । अाज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले वृद्द भत्ता, भुकम्प तथा बाढिपिडितलार्इ राहत, फर्म दर्ता गर्न लाग्ने दस्तुर, पद उन्नति, संरक्षित वन घोषणा लगायतका विषयमा निर्णयहरू लिएको छ ।

यसअघि वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकाेमा बैठकले त्यसलार्इ घटाएर ६५ वर्ष बनाएको छ । अब सरकारले ६५ वर्ष देखिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

यस्तै मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा पनि रु. १ लाख थप गर्ने तथा महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने र सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय पनि भएको छ । महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

सम्बन्धित शिर्षकहरु