सवारी लाइसेन्स नभए पनि जरिवाना तिरे पछि छुट!

काठमाण्डौ । सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स)नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ ।

जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन । उनीहरुलाई ट्राफिकले जरिवानावापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् । दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गरेको छ ।

जसबाट सरकारलाई राजश्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनिकरण भएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु