बुटवल पावरको २ अर्ब ४ करोडको एफपीओ खुल्दै, कहिले र कहाँबाट दिने आवेदन ?

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले माघ १५ गतेदेखि ४० लाख ८१ हजार कित्ता थप साधारण सेयर निष्काशन (एफपीओ) गर्ने भएको छ । फेस भ्यालु १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५०१ रुपैयाँ दरमा कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैंया बराबरको एफपीओ बिक्री खुला गर्नेछ ।

लगानीकर्ताले कम्पनीको एफपीओमा न्यूनतम दश कित्ता देखि अधिकत्तम २० हजार चार सय कित्तासम्मको लागी आवेदन दिन सक्नेछन् । एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । अावेदनका लागी छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्मको मिति तोकिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । दोस्रो बजारमा हाल यो कम्पनीको सेयर प्रतिकित्ता ६६५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

सम्बन्धित शिर्षकहरु