अबदेखि जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने

काठमाडौं । सेवाग्राहीले अबेदखि जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई सुविधा पुग्ने गरी जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर आफ्नो बैंक खातामा जम्मा गर्ने गरी नगद राख्न पाउने व्यवस्था गरेको हो । आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक भुक्तानी प्रणाली मार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

यो व्यवस्थाअनुसार निक्षेपकर्ताले आफ्नो पायक पर्ने ठाउँका बैंकमा खाता नभए पनि अरु बैंकमा गएर पैसा जम्मा गर्न सक्नेछन् । तर उक्त जम्मा गरेको पैसा झिक्न भने निक्षेपकर्ता आफ्नैं खाता भएको बैंकमा जानुपर्नेछ ।

राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम हुनुपर्ने, १ लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान खुल्नुका साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।

सम्बन्धित शिर्षकहरु