न्यु साउथ वेल्समा भिषण अागलागी, शाही राष्ट्रिय निकुन्ज अासपासका क्षेत्रमा हाइअलर्ट जारी

न्यु साउथ वेल्स । वारूण नियन्त्रकहरूलार्इ न्यु साउथ वेल्सको झाडिमा लागेको अागो निभाउन हम्मे हम्मे परेकाे छ । एक त उनीहरूलार्इ एनएस डब्लु साउथर्न टेवलल्यान्डमा भएका घरहरू बचाउन पर्ने छ भने अर्को सिड्नीको दक्षिण भागमा रहेको रहेको राष्ट्रिय निकुन्जलार्इ बन्द हुनबाट जोगाउनु उनीहरूका लागी चुनाैतीको विषय बनेको छ ।

बनदेनाको दक्षिणी भुभागमा रहेको जंगलमा लागेको अागो नियन्त्रणमा नअाएपछि सिड्नीको निकुन्जमा हार्इ अलर्ट जारी गरीएको छ । निकुन्ज बन्द गरीएको छ भने अन्य व्यक्तिहरूलार्इ पनि अाधिकारीक अाज्ञा बिना प्रवेष निषेध गरीएको छ ।

अागलागीबाट निस्किएको अंगारहररूका कारण दोस्रो ठाउँमा पनि अागलागी भएको अष्ट्रेलियाली संचार माध्यामहरूले जनाएका छन् । राष्ट्रिय निकुन्ज तर्फ जाने सबै सडकहरू बन्द गरी सवारी चालकहरूलार्इ उक्त ठाउँदेखि टाढै रहन सुचना जारी गरीएको छ ।

निकुन्जको दक्षिणमा पर्ने वोरल नजिकको अल्डर क्षेत्र र ब्यानावेको क्रिज सडक अासपासका क्षेत्रहरूमा पनि अागो फैलीइ जनधनको नाश हुन सक्ने खतरा रहेको ग्रामीण अग्नी नियन्त्रक न्यु साउथ वेल्सले जनाएको छ । हाल अागलागीमा परेको ९० हेक्टर जमिनमा अग्नी नियन्त्रकले हवार्इ जहाजको प्रयोग गरी पानी वर्षा गराइरहेका छन् जसका कारण अागो फैलने क्रम केहि मन्द बनेको छ ।

यसैगरी पुर्बी क्यान्वेरामा पर्ने एसीटीबाट पनि साहयताका लागी अग्नी नियन्त्रकहरूलार्इ न्यु साउथ वेल्सको साउथर्न टेबलल्यान्ड पठाइएको छ । हिजो रातभर अागलागी भएपछि अाज बिहान नियन्त्रकका स-साना टोलीहरूलार्इ तीन वटा भारी ट्याङ्करको साथमा ब्रेडउडको २७४ हेक्टर क्षेत्रमा तैनाथ गरीएको थियो । उनीहरूको मुख्य उदेश्य जनधन सुरक्षा र फैलन सक्ने अागोलार्इ तत्काल नियन्त्रणमा लिनु रहने एसीटी अाकस्मीक सेवा संस्थाले जनाएको छ ।

हाल अग्नी नियन्त्रकहरू पिलिजा जंगल र कोनावाराव्रान र नाराव्रीको बीचमा पर्ने २०००० हेक्टरको जमिनमा अागलागी विरूद्द काम गरीरहेका छन् । अागलागीबाट मानिसहरूलार्इ सतर्क रहन अाव्हान गरीएको छ । कोनावाराव्रान र नाराव्रीबीचको न्युएल हाइवे  शनिवार पनि बन्द रहने जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु