धुलोधुवाँ नियन्त्रण गर्न सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौ उपत्यकाको धुलोधुवाँ नियन्त्रण गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र स्थानीय विकास मन्त्रालय सहितका निकायहरुलाई परमादेश जारी गरेको छ ।  अाज सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जवराको संयुक्त इजलासले उपत्यकाको धुलोधुवाँ तथा प्रदुषण नियन्त्रण गर्न परमादेश जारी गरेको हो ।

धुवाँधुलो नियन्त्रणका विधि नअपनाई विकास निर्माणका काम गरिदाँ जनजीवन कष्टकर भएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहितका छ वटा मन्त्रालय, काठमाडौं र ललितपुर महानगरपालिकासँगै १८ वटा निकायलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

सम्बन्धित शिर्षकहरु