दृष्टिविहिन फोटोग्राफरको आँखाले यसरी देख्छ संसार

एजेन्सी । भारतका एकजना ३८ वर्षीय युवा प्रणव लाल जन्मजात नै दृष्टिविहिन हुन् । तर उनी तस्विर राम्ररी खिच्न सक्छन् । साइबर सुरक्षा विशेषज्ञको रुपमा कार्यरत उनी हरेक दिन कुनै नयाँ प्रविधि, नयाँ एप्ससँग काम गर्नुका साथै उनी ब्लक पनि लेख्ने गर्छन् । उनी समयका एकदमै पक्का र इमान्दार छन् ।

उनको कहानी कुनै दया र सहानुभूतिको नभएर वीरताले भरिएको छ । भनिन्छ, ‘मनको हार हार हो, मनको जीत जीत हो ।’ उनीमाथि यो उदाहरण चरितार्थ छ ।

फोटोग्राफीपछिको उनको सोचबारे उनी भन्छन्, ‘यसको पछाडि खासै कुनै ठूलो कारण छैन । मात्र म मानिसहरुको अगाडी ती तस्विर ल्याउन चाहन्छु जुन् ममात्र देख्नसक्छु ।’

प्रकृति पर्वतहरुलाई आफ्नो क्यामरामा कैद गर्ने उनको चाहनालाई मानिसहरु त्यति धेरै रुचाउँदैनन् । आफ्नो ड्रिम प्रोजेक्ट बनाएको उनले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट धरतीको तस्विर लिन चाहेको बताए । यसको अलावा ज्वालामुखीबाट बन्ने भिमकाय खाडलको तस्विर पनि लिने चाहना छ उनको ।

उनी वस्तुको आवाजको आधारमा तस्विर लिने गर्दछन् । उनले फोटोग्राफीको लागि कुनै औपचारिक प्रशिक्षण पनि लिएका छैनन् र तस्विर लिन जुन उपकरणको उनी प्रयोग गर्छन् त्यसको आविस्कार पनि उनी आफैले गरेका हुन् ।

उनले भने, ‘म तस्विर लिनको लागि कुनैपनि किसिमको प्रविधिको प्रयोग गर्दिनँ । म चलायमान वस्तुहरुको आवाजको माध्यबाट उनीहरुलाई बुझ्छु ।’ उनी आफ्नो पृथक ट्याक्निकबारे विस्तृतरुपमा भन्छन्, ‘म कानमा एकप्रकारको उपकरण लगाउँछु जसले मलाई अगाडि राखिएका वस्तुहरुको स्थानको स्थितिबारे ज्ञान दिन्छ । आवाजको पिचबाट त्यस वस्तुको उचाई पत्ता लाग्छ र आवाजको शक्तिबाट मलाई त्यसको उज्यालोपना महसुस हुन्छ ।’

आफ्नो छोराको क्रियाकलाप र सक्रियताबाट सन्तुष्ट उनकी आमा आफुलाई प्रणव कहिल्यै पनि उनी देख्ननसक्ने जस्तो आभाष नभएको बताउँछिन् ।

सम्बन्धित शिर्षकहरु