एसएलसी पास नभई कसरी प्रधानन्यायाधीस ? – डा.केसी

काठमाडौंस । सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि गम्भीर प्रश्न उठाएका छन् । अाज सर्वोच्च अदालतमा केसीले दिएको लिखित बयानमा  प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ कतै नरहेको, दोहोरो नागरिकता लिएको, उमेर सच्याएको लगायतका प्रश्न उठाइएका छन् । लिखित बयानमा उनले भनेका छन्, ‘प्रधानन्यायाधीस गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन । कुनैपनि व्यक्तिले एउटाभन्दा बढि नागरिकता लिने कार्य अपराध हो, अनैतिक र गैरकानुनी हो । त्यसैले निजमाथि न्यायिक छानबीन गरी कारबाही हुनु पर्दछ ।’

पराजुलीले एसएलसी पास गरेको नगरेको कुरामा पनि विवाद रहेको कुरा बयानमा उल्लेख छ । ‘पराजुलीले एसएलसी पास गरे नगरेकोबारे विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेशको मिसिल पनि हेर्न पाऊँ । पराजुलीको शैक्षिक प्रमाणपत्र जाँची पाऊँ ।’ केसीले भनेका छन्, ‘ न्यायाधीश हुन शैक्षिक प्रमाणपत्रै नभएको व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालत जस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ?’

न्यायालयको अनादार गर्ने आफ्नो कुनै उद्धेश्य नरहेको तथा भ्रष्टहरुको बिरोध गर्नुमात्र रहेको उल्लेख गर्दै डा. केसीले आफ्नो बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणको छानबिन हुनुपर्ने, नातेदारलाई जागिर खुवाउने क्रममा न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको लगायतका पनि प्रश्न उठाएका छन् ।

सम्बन्धित शिर्षकहरु