शीतलहर प्रभावित २२ जिल्लामा राहत

काठमाडौँ ।  सरकारले अत्यधिक चिसोका कारण मारमा परेका विपन्न समुदायका नागरिकका लागि २ करोड २२ लाख रुपैयाँको राहत घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा यस्तो राहत वितरण गर्न लागेको हो ।

गृह मन्त्रालयले प्रत्येक जिल्लालाई कम्मल, दाउरा तथा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँका दरले राहत दिने भएको हो ।

गृहले सोमबारै आफ्नो मौज्दातमा रहेका कम्मललगायत सामग्री शीतलहर प्रभावित क्षेत्रमा पठाएको छ । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु