
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १२ अंकले बढेर १४४३.८० विन्दुमा पुगेको छ । हिजो आइतबार पनि नेप्से करिब ८ अंकले बढेको थियो ।
सोमबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७९ अंकले बढेको छ । बजारमा होटल बाहेक सबै समूहको परिसूचक बढेको छ ।
बजारमा १५७ कम्पनीहरुको ८ लाख ५५ हजार १३९ कित्ता सेयर ४ हजार ४ सय ५४ पटक कारोबार हुँदा ४६ करोड ४६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।








