नछाडे धकेलेर फ्याँकिदिन्छौं : नेता लालबाबु

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुंगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

अाज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रंगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् । उनले भने, ‘हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं ।’

प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको र राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहनुलार्इ अाफुले अस्वभाविक नमानेको नेता पण्डितले बताए । सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, ‘सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।’

उनले विगतमा पनि प्रदेशको सिमांकन गर्दा र्‍याँईंर्‍याईं अवस्था रहेको स्मरण गराउँदै भने, ‘संविधान नै जारी हुन दिन्नौं भन्ने थियो । त्यसकारण यसमा ढिलाई गर्नुहुँदैन्, सरकारले तोक्नुपर्‍यो ।’

उनले भने, ‘मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएकोछु कि विराटनगर महानगरपालिकादेखि लिएर, ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ ।’

सम्बन्धित शिर्षकहरु