काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष वामदेव गौतमलाई उनकै पुस्तक विमोचनका क्रममा आक्रोस पनि व्यक्त गरेका छन् र खुसी हुँदै बधाई पनि दिएका छन् ।
प्रचण्डले पुस्तकमा ‘माओवादीलाई शान्तिप्रक्रियामा ल्याइयो…’ मात्रै भनेर ‘जनयुद्ध’को महत्व र आधारशिलालाई कमजोर रुपमा उल्लेख गरिएको भन्दै उपाध्यक्ष वादेव गौतमप्रति आक्रोस व्यक्त गरेका हुन् । एमाले नेता गौतमले आफ्नो पुस्तकमा ‘नेपालमा संघीयता’ आवश्यक नरहेको भनेर भन्न खोजेको विषयमा पनि प्रचण्डले आपत्ति जनाए ।
शनिवार काठमाडौंको सभागृहमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ नाम पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले पुस्तकको मूल सन्देशप्रति भने आफू सहमत रहेको भन्दै बधाई पनि दिएका छन् ।
संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट वामपन्थी दललाई देश निर्माणको जिम्मेवारी प्राप्त भएको भन्दै प्रचण्डले वाम दल चुके देश अर्को दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताए ।
देश संघीय शासन प्रणालीसहित नयाँ व्यवस्थामा गइसकेको अवस्थामा अब कुनै पनि जिम्मेवार नेताले यसको विरोध गर्न नुहने प्रचण्डको भनाइ थियो । देश संघीय शासन प्रणालीसहित नयाँ व्यवस्थामा गइसकेको अवस्थामा अब कुनै पनि जिम्मेवार नेताले यसको विरोध गर्न नुहने प्रचण्डको भनाई थियो ।
अन्ततिर उनले एमाले नेता वामदेव गौतमतिर फर्केर हेर्दै भने । वाम गठबन्धनका शुत्राधार र पार्टीमा अतुलनिय योगदान गर्ने वामदेव जस्ता वरिष्ठ नेता यो निर्वाचनमा पन्छिदा हामीलाई धेरै दुःख लागेको छ । नेपालको शान्ति प्रकृयाको प्रवेश विन्दु १२ बुंदे समझादारी र त्यससँग जोडिएका प्रसंगलाई हल्का टिप्पणीको रुपमा मात्रै प्रस्तुत गरिएकोमा प्रचण्डको गौतमप्रति असहमति थियो । ‘१२ बुंदे समझदारी र त्यस यताको शान्ति प्रकृयाका विषयमा उल्लेख भएका कुरा छुस्स २ शव्द लेखेर हुदैन ।
यो समग्र प्रकृयामा लाग्नुभएको उहाँपनि एक जना नेता हो । उहाँले आफैंलाई अन्याय गर्नुभयो ।’ कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन थिए । केपी ओली, प्रचण्ड र रामचन्द्र पौडेल विषेश अतिथि । अन्तिममा बोलेका ओलीले गौतमको किताब पढ्नै नभ्याएको विषयबाट छलफल प्रारम्भ गरे ।
गौतमलाई धन्यवाद दिदै अघि सारिएका सम्बृद्ध नेपाल निमार्णका विचारहरु कार्यान्वयन गर्ने अश्वासन दिए । त्यसपछि रामचन्द्र पौडेलले उठाएको प्रश्नको जवाफ फर्काए । ‘लोकतन्त्र हामीले लडेर ल्याएको हो, यसको मायाँ हामीलाई पनि छ, हामीमाथि शंका गर्नुपर्ने कुनै कारण छैन । लोकतन्त्रलाई आदर्श र जिवन पद्धतीका रुपमा स्थापित गर्नुपर्छ ।








