
सिड्नी । विश्वमै एक अाकर्षक तरीकाले मनाइने नयाँ वर्षलार्इ तामझामका साथ मनाउन सिड्नीमा विषेश तयारी गरीएको छ । अष्ट्रेलियाको सिड्नीमा लाखाैँलाख मानिसहरू एकै स्थानमा जम्मा भएर मनाइने गरीएको यो नयाँ वर्षलार्इ हरेक वर्ष उनीहरूले नयाँ-नयाँ तरीकाले मनाउने गर्दछन् । अष्ट्रेलियाको डार्लिङ हार्वर र अोपेरा हाउसको बीचको भागमा विभिन्न कलात्मक बत्तीहरू, विद्युतीय तरङ्गहरू फैल्याएर नयाँ वर्ष मनाइँदै अाइएको छ ।
यस वर्ष पनि दशाैँ लाख मानिसहरू त्यस तर्फ जाने तयारीमा छन् र कतिपय मानिसहरू अाजैदेखि त्यस ठाउँमा बत्तीलार्इ हेर्नलार्इ टेन्ट गाडेर बसेका छन् । त्यहाँको भिडमा त्यो दिनमा अवशर पार्इदैन भनेर अगाडिदेखि नै उनीहरू यसरी क्याम्पीङ गरेर बसिरहेका छन् र नेपालीहरू पनि जो-जो नयाँ अाउनुभएको छ, अष्ट्रेलियामा उहाँहरूको नयाँ वर्ष मनाउनका लागी यो तयारी भइरहेको छ ।
यसो त अष्ट्रेलियामा नयाँ वर्ष मनाउने अर्को समुह पनि छ जसले बत्ती र तामझामका बावजुद पनि अापसमा शुभकामना अादान प्रदान, अात्मीयता, शान्ति र विश्व शान्तिको कामना गर्दै ध्यान, जप र अात्मनुशासन तरीकाले जङ्गलमा बसेर विभिन्न कार्क्रमका साथ मनाउँदै छन् । जस्तोकी स्वामी सरस्वती अाश्रममा नेपाली अध्यात्मिक अधियान्ता, नेपाली अध्यात्म प्रचारक अाचार्य राजन शर्माको संयोजकत्वमा एक सय जना योगीहरूको समुह मिलेर हवन र अखण्ड किर्तन गरेर नयाँ वर्ष मनाइँदै छ । यस्तै गरेर स्वामी सत्यानन्द अास्रमा पनि हजाराैँ मानिसहरूको बीचमा नयाँ वर्ष ध्यानपुर्वक मनाइँदै छ ।








