
सिड्नी । यहि डिसेम्बर ३० तारीखका दिन बी.जे एज्युकेसन नेटवर्क्सको अयोजनामा मायालु नयाँ वर्ष साँझ २०१ ८ हुन गइरहेको छ । कार्यक्रम रकडेल स्थित ५८८ प्रिन्स हाइवे, एनएसडब्ल्यु २२१६ मा रहेको इन्द्रेनी फङ्सन हमला बेलुका ५ बजेपश्चात अायोजना हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, समिर अाचार्य, लोकदोहोरी गायक प्रकाश सपुत, लोकदोहोरी गायीका सम्झना लामीछाने मगर र कोरियोग्राफर तथा बेली डान्सर निखिला चापागाँर्इले भरपुर मनोरंजन प्रदान गर्नेछन् । टिकटको मुल्य डोर सेल $ ३० र प्रि सेल $२५ तोकिएको छ । कार्यक्रमलार्इ डि-क्याफे, जोनसन, इन्द्रेनी फङ्सन सेन्टर, बुद्द् ट्राभल एण्ड टुर्स, अपेरा एकेडेमी, एक्सपर्टएजुकेसन एण्ड भिजा सर्भिस लगायत विभिन्न संस्थाहरूले कार्यक्रमलार्इ विविध विधामा प्रायोजन गरेका छन् ।








