
पर्थ । पश्चिम अष्ट्रेलियाको पर्थमा गुरूङ समुदायको नयाँ वर्ष २०१७ तमु ल्होसार तथा नयाँ वर्ष २०१८ को अवशर पारेर एक भव्य कार्यक्रमको अायोजना हुने भएको छ । कार्यक्रम यहि डिसेम्बर ३० तारीख अर्थात पुस १५का दिन अष्ट्रेलियास्थित वेल्मन्ट स्पोर्टर एण्ड रिक्रिएसन क्लब, ४०० एबरनेथि रोड, क्लोभडेँल ६१०५ मा अायोजना हुने भएको छ । तमु परम्परा अनुसार यस ल्होसारलार्इ पंक्षि वर्षको अन्त्य तथा कुकुर वर्षको सुरूवातको रूपमा पनि हेरिएको छ । कार्यक्रममा विविभन्न साँस्कृतिक प्रस्तुती तथा डि.जे. सहितको मनोरंजनले उपस्थित सबैलार्इ भव्य रमार्इलो प्रदान गर्ने विश्वास लिइएको छ । मनोरंजनात्मक कार्यक्रमका अलावा कार्यक्रममा ३ कोर्ष डिनरको पनि व्यवस्था गरीएको छ । कार्यक्रममा भाग लिनका लागी टिकट मुल्य $ ३० निर्धारण गरीएको छ भने थप जानकारीका लागी कार्यक्रम संयोजक गम प्रसाद गुरूङ(०४६८६७४४७२), छवी गुरूङ(०४३५९३०९४३) तथा मिन शोभा गुरूङ(०४२६९७७५०९)सँग सम्पर्क गर्नुहुन अाव्हान गरीएको छ ।








