कांग्रेसको बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पुर्याइयो

स्याङ्जा । स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा अन्तर्घात भएको भन्ने विवाद चुलिएपछि कुटाकुट हुँदा ३ घाइते भएका छन् ।  घाइते हुनेमा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले रहेका छन्। घाइते  कमल ढकाल र सुशील कफ्लेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

 उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेकाे जिल्ला स्याङ्जामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो । बैठकमा शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगरेको आरोप लगाएपछि चर्किएको विवाद कुटाकुटसम्म पुगेको हो ।

सम्बन्धित शिर्षकहरु