सन् २०१८ का लागि भाङ्गा बाबाले गरेका यी २ भविष्यवाणी सफल होलान् ?

एजेन्सी । आँखा नदेख्ने बुल्गेरियाका एक जना चर्चित महिला साधुले गरेका केही भविष्यवाणी सत्य सावित भएपछि उनको फेरि चर्चा हुन थालेको छ । ९/११ हमला, सुनामी तथा ब्रेक्सिटसम्बन्धी भविष्यवाणी सत्य सावित भएपछि सन् २०१८ का लागि उनले गरेको २ वटा भविष्यवाणीको यतिबेला चर्चा हुन थालेको छ ।

‘भाङ्गा बाबा’को नामले चर्चित बनेकी ती साधुको निधन सन् १९९६ मा ८५ वर्षको उमेरमा भएको थियो । विशेष दैवी क्षमता भएको मानिने उनले विभिन्न प्राकृतिक प्रकोप तथा महत्वपूर्ण राजनीतिक घटनाबारे भविष्यवाणी गरेकी थिइन् । सन् २०१८ मा अमेरिकालाई पछि पार्दै चीन ‘सुपर पावर’ भन्ने भविष्यवाणीमाथि धेरैको ध्यान गएको छ । त्यतिमात्रै होइन, शुक्र ग्रहमा इन्धनको नयाँ स्रोत पत्ता लाग्ने भनेर समेत उनले भविष्यवाणी गरेकी थिइन् ।

सन् २०१८ का लागि गरेको उनको पहिलो भविष्यवाणी सत्य ठहर हुने संभावना निकै रहेको छ । तर दोस्रो भविष्यवाणी भने सत्य साबित हुन नसक्ने केही मानिसले दाबी गरेका छन् । हालसम्म शुक्र ग्रहमा अन्तरिक्ष यान पठाउने कुनै योजना सार्वजनिक भएको छैन् । यही कारणले दोस्रो भविष्यवाणीबारे यसै भन्न सकिँदैन ।

सम्बन्धित शिर्षकहरु