सामुदायिक भवन निर्माणका सहयोगार्थ एकलाख डर दिने चन्द्र योन्जनको घोषणा

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माणका सहयोगार्थ भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले एकलाख अष्ट्रेलियन डलर दिने घोषणा गरेका छन् ।

अष्ट्रेलियन नेप्लीज मल्टी कल्चरल केन्द्र (एएनएमसी)ले आयोजना गरेको सात दिने सप्ताह महापुराणको दोस्रो दिन उनले उक्त घोषणा गरेका हुन् । यसअघि पचास हजार डलर दिने घोषणा गरका योन्जनले आफ्नो प्रतिबद्धतालाई बढाएर थप पचास हजार डलर दिने घोषणा गरेका हुन् ।

पशुपतिनाथ मन्दिर र बौद्ध स्तुप सहितको साँस्कृतिक केन्द्र बनाऔँ मेल्बर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौँ भन्ने मूल नाराको साथ डिसेम्बेर १८ देखी वाचन प्रविन पण्डित दिनबन्धु पोख्रेरेलवाट यनाईटेड चर्चको हल ग्लेनरोय सप्ताह पुराण भैरहेको छ । उक्त पुराण २४ डिसेम्बेरमा सकिनेछ ।

सम्बन्धित शिर्षकहरु