देउवाले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न थाले : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न थालेको आरोप लगाएका छन् ।

वाम गठबन्धनले अाज होटेल अन्नपूर्णमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । ‘खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न मिल्छ,’ ओलीले प्रश्न गर्दै भने, ‘राजनीतिमा नैतिकता हुन्छ कि हुन्न ? जनमतको सम्मान हुन्छ कि हुँदैन ?’ उनले देउवा सरकारले जनमतको सम्मान गरेर बाटो खुला गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रपतिले प्रधानमन्त्रीद्वारा पठाइएको विधेयक जारी गर्न नमिल्ने धारणा पनि व्यक्त गरे । ‘शेरबहादुरजीले प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रपतिलाई आरोप लगाइरहनुभएको छ,’ ओलीले भने, ‘राष्ट्रपतिले संविधानको भावनाअनुसार छ कि छैन भन्ने विचार गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीले असंवैधानिक काम गर्न राष्ट्रपतिलाई दबाव दिन नहुने पनि बताए ।

सम्बन्धित शिर्षकहरु