
एजेन्सी । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोेटनह्यालाई ४-१ गोलले पराजित गरेको छ । उच्च फर्ममा रहेको सिटीले आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ । खेलको १४ औ मिनेटमा इल्के गुडडोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा चम्किए केभिन डि ब्रुने ।
उनले खेलको ६८ औ मिनेटमा गोल गरे । दुई गोलको अग्रता बनाएको सिटीले खेलको ७५औ मिनेटमा पेनाल्टी पाएको थियो । तर, ग्राबियल जेससले गोल गर्न सकेनन् । यस सिजन उच्च फर्ममा रहेका रहिम स्टर्लिङले खेलको ८० औ र ९० औ मिनेटमा गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा क्रिस्चियन इरिकसनले टोटनह्यामका लागि एक गोल गरे । यो जितसँगै सिटी ५२ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।






