‘अरु क्लबभन्दा टोटनह्याम बलियो प्रतिस्पर्धी’

एजेन्सी । पछिल्लो समय प्रिमियर लिगमा म्यानचेस्टर सिटीको दबदबा रहेको छ । केही दिन अघि म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको सिटीले यस सिजन १७ खेलमा १६ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । १७ खेलमा ५२ गोल गरेको सिटीको तुलना अब बार्सिलोना र बार्यन म्युनिखसँग हुन थालेको छ ।

प्रशिक्षक पेप गुवार्डीवालाको पुन चौतर्फी तारिफ हुन थालेको छ । तर,उनले प्रिमियर लिगका चिरपरिचित क्लबहरुलाई घुमाउरो शैलीमा व्यंग गरेका छन् । उनले टोटनह्याम प्रिमियर लिगको बलियो प्रतिस्पर्धी रहेको बताएका छन् । उनले भनेका छन्, ‘टोटह्यामको खेल्ने शैली आफ्नै छ । उनीहरु कुनै पनि टोलीलाई पराजित गर्न सक्षम छन् । मोउरिसिनो पोचितिनो क्लबमा आएपछि ठुलो परिवर्तन आएको छ ।’

शनिबार म्यान सिटीले टोटनह्यामसँग खेल खेल्दैछ । उक्त खेलको तयारीमा जुटेको सिटीलाई टोटनह्यामले रोक्न सक्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु