सन् १९७२ पछि यस कारण चन्द्रमामा मानव पठाइएकाे छैन

एजेन्सी । सन् १९६९ जुलाई २१ का दिन निल आर्मस्ट्रङले चन्द्रमा पहिलो पाइला टेकेका थिए । सन् १९७२ मा युजिन सेरननले अन्तिम पटक चन्द्रमा गएका थिए । तर यसपछि अहिलेसम्म चन्द्रमा एकजना मानवले पनि पाइला टेकेका छैनन् । आधा शताब्दीसम्म पनि कुनै पनि देशले किन चन्द्रमा मानिस पठाएनन् भन्ने प्रश्न सबैले उठाउने गर्छन् । यसका केही कारण छन्ः

१. खर्चिलो बजेट
चन्द्रमा मावन पठाउने कार्य निकै खर्चिलो हुने गर्छ । तर खर्च अनुसारको फाइदा कम हुने वैज्ञानिकहरूले बताउँदै आएका छन् । विगतमा अनुसन्धान गर्न भन्दा पनि राजनीतिक कारणले नै चन्द्रमा मानवसहितको यान पठाइएको विशेषज्ञको भनाइ रहेको छ । विशेषगरी अन्तरिक्षमा कसले नियन्त्रण गर्ने भनेर रूस र अमेरिकाबीच भएको होडबाजीका कारण मावनसहितको यान चन्द्रमामा पठाइएको थियो ।

तत्कालिन अमेरिकी राष्टपति जर्ज डब्ल्यु बुशले सन् २००४ मा पुनः चन्द्रमा मानव पठाउने प्रस्ताव गरेका थिए । यसका लागि करीव १०४,००० मिलियन अमेरिकी डलर चाहिने अनुमान गरिएको थियो र यही कारणले उक्त योजना पूरा हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले पनि पुनः चन्द्रमा मानवसहितको यान पठाउने योनजा अघि सारेका छन् । तर खर्चिलो बजेटका कारण उनको योजना पनि पूरा नहुने धेरैको अनुमान छ ।

२. वैज्ञानिक फाइदा कम
चन्द्मा जाने रहर बढिरहेको छ । तर चन्द्रमा मानव पठाउने मिशनबाट वैज्ञानिक खोज तथा अनुसन्धानमा खासै योगदान नहुने स्वयं वैज्ञानिक नै बताउँछन् ।

३. नासाको ध्यान अन्यत्र जानु
हालैका वर्षमा नासाले अन्य ग्रहको अनुसन्धान गर्न भन्दै विभिन्न यान अन्तरीक्षमा पठाउँदै आएको छ । वृहस्पति तथा अन्य ग्रहबारे अनुसन्धान गर्न तर्फ लागेको छ ।
तर कम खर्च र अत्याधुनिक प्रविधि तथा अन्तरिक्षयान निर्माण गरी सन् २०१८ मा चन्द्रमा मानव पठाउने योजना बनाएको छ । त्यस्तै रूसले पनि सन् २०३० सम्ममा चन्द्रमा मावन पठाउने योजना बनाइरहेको छ ।

सम्बन्धित शिर्षकहरु