देउवाले पार्टी एकताबद्ध रुपमा लान सकेनन् : सुजाता

भदौ २५, विराटनगर। पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बताएकी छन् ।

उनले आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गदैं नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् ।
कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि उनले गरिन् ।

राजनीतिमा रहेका तीन कोइराला ( डा. शेखर, शशांक र सुजाताको )एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् ।

 

सम्बन्धित शिर्षकहरु