‘एक था टाइगर’ को भाग २ ‘टाइगर जिन्दा है’ बन्दै

भदौ २३, असनेपाल न्युज । बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ अहिले फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त छन् । यसै क्रममा फिल्मका निर्देशक अलि अब्बास जफरले सञ्चार माध्यममा यसै फिल्मबाट सलमानको एउटा तस्बिर शेयर गरेका छन् ।

यो तस्बिर सलमानको सुटिङको रहेको छ जसमा उनले शरीर बनाउनका लागि कडा परिश्रम गरेको देख्न सकिन्छ । उनले निकै मिहिनेत गरेर बडी बनाएको देखिएपछि फिल्ममा उनको नयाँ पुरषार्थी अवतार समेत देख्न सकिने अनुमान लगाइएको छ । सलमानको यो फिल्म २०१२ को सुपरहिट फिल्म ‘एक था टाइगर’ को भाग २ हो । निर्देशक जफरले शेयर गरेको तस्बिरमा सलमानको अनुहार नदेखिएपनि उनको मस्कुलर हातले फिल्ममा थुप्रै एक्सन सीन हुने सङ्केत गरिसकेको छ । एजेन्सी

सम्बन्धित शिर्षकहरु