कांग्रेसमा रडाको, टिकट पाउने र नपाउने पक्षबीच खुकुरी हानाहान

भदौ २१, सिरहा। उम्मेदवारको छनोटको विषयमा दुई नेताबीचको विवाद बढ्दै जाँदा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा खुकुरी हानाहान भएको छ।

कांग्रेसको तर्फबाट सिरहा नगरपालिकाको मेयरको टिकट पाएका डा। सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली कांग्रेस क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति सञ्जय यादव, बुधन यादव, देवनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदीश यादवलगायत कार्यकर्ता छन् ।

घाइतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । झडपस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांग्रेसले सिरहा नगरपालिकामा मेयरको टिकट डा। सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

जिल्ला अध्यक्षसमेत रहेका सभासद रामचन्द्र यादवमाथि कुटपिट भएपछि उपेन्द्र समूह प्रतिवादमा उत्रिँदा पार्टी कार्यालय रणभूमिमा परिणत भएको थियो । प्रहरीले रडका साथै खुकुरी पनि बरामद गरेको छ ।

सम्बन्धित शिर्षकहरु