फेसबुकमा यी दुईको प्रोफाइल ब्लकगर्न सकिदैन किन ?

भदौं २१,एजेन्सी । सामाजिक संजालहरुमा फोसबुक सबै भन्दा लोकप्रिय माध्यम बनेको छ । हामी मध्य धेरैले फेसबुक चलाउछौं होला । तर
हामी मध्य धेरैलाई यो कुरा थाहा छैन फेसबुकमा यस्ता दुई प्रोफाइल छन्, जसलाई ब्लक गर्न सकिँदैन ।फेसबुकले यसका संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानको प्रोफाइल ब्लक गर्न नमिल्ने बनाएको हो ।

अब फेसबुकमा कसैले पनि मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानलाई ब्लक गर्न सक्दैनन् । उनीहरुको प्रोफाइल पटकपटक ब्लक भएकाले कम्पनीले यो कदम उठाएको बताएको छ।

साधारणतया कसैले तपाईँको पोस्ट हेर्न नचाहेमा तपाईँलाई अन्फ्रेन्ड, अनफ्लो वा ब्लकगर्न सक्दछन् । तर तपाईँ जुकरबर्ग र चानको प्रोफाइलमा ब्लकको बटन थिच्नुभयो भने एउटा ‘ब्ल्क इरर’ देखाउनेछ ।

सम्बन्धित शिर्षकहरु