असनेपाल न्युज । चार बर्ष बीचको अन्तरालमा अोप्पोले स्मार्टफोनको विश्व बजारमा अाफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अाफ्नो घरेलु बजार चीनमा यसले पहिलो हिस्सा अोगटेको छ भने विश्व बजारमा चाैँथो स्थान अोगट्न सफल भइसकेको छ । विश्वभरका कलाकार र व्यवसायीहरूलार्इ समात्दै यसले अाफ्नो उत्पादनलार्इ सजिलै विश्व सामु ल्याएको छ । नेपालमा नेपाल अाइडल तथा भारतमा द कपिल शर्मा शोलार्इ प्रायोजन गर्नु हाम्रा लागी नजिकैका उदाहरणहरू हुन् ।
क्यामारा र मार्केटीङका कारण मात्र नभर्इ अाफ्नो गुणस्तरका कारण पनि यो विश्वमाँझ लोकप्रीय भएको हो । अाफ्नो गुणस्तरलार्इ अब्बल बनाउन अोप्पोले थुप्रै खालको जाँचहरू अपनाउने गरेको छ । अोप्पोको अाफ्नो अान्तरीक कुराहरू यसै महिना मात्र फिलिपिनो मिडिया मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक भएका केहि तथ्यहरू यस प्रकार रहेका छन् :
१. ओपोको मुख्य कार्यलय चीनको सिलिकन भ्याली स्थित सेन्जेनमा रहेको छ जहाँ चीनकै अन्य सहरबाट अावत जावत गर्न भिसा चाहिन्छ ।
२. ओपोको मुख्य कार्यलय हरियालीले भरीपुर्ण छ जहाँ कामदारहरूका लागी जिम सेन्टर, फन पार्क जस्ता अन्य मनोरंजनात्मक वस्तुहरूको पहुँच छ ।
३. ‘ब्लु रे प्लेयर्स’ र अन्य अडियो उपकरणहरुको उत्पादन गर्दै अोप्पोले आफ्नो सबैभन्दा ठूलो शक्ति र समय स्मार्ट फोनमा लगाएको छ ।
४. अोप्पोका स्मार्ट फोनहरूको १५० चरणमा परीक्षण हुन्छ ।
५. परीक्षणका क्रममा फोनलार्इ सात सेन्टिमिटर उचाईबाट ४२ हजारपटक भुईंमा खसाइन्छ ।
६. यसमा भएका पावर र भोल्युम कि लाई एक किलोको शक्तिले एक लाख पटक थिचिन्छ भने अगाडि रहेको फिंगर प्रिन्ट किलाई भने १० लाख पटक थिचिन्छ ।
७. फोनलाई धेरै प्रकारका तरल पदार्थ भिनेगर, सोय सस, कफी, खाना पकाउने तेल,कृत्रिम पसिनाहरूमा डुबाएर परीक्षण गरीन्छ ।
८. ओप्पोले सार्वजनिक गरेको एउटा नमुना फोनमा पाँच गुणा जुम गर्ने क्षमता थियो जबकि अन्य फोनहरुमा केवल दुई गुणा मात्र जुम गर्ने क्षमता हुन्छ ।
९. अाफ्नो प्रविधिको अनुसन्धान र विकासका लागि मात्र ओप्पोले १०० जना कामदारहरू खटाएको छ ।







