गोरखामा बिहिबार दशैँ मनाइयो

भदौ १६, गोरखा । हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैँ आउन ठीक एक महिना बाँकीगोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । यहाँ बसोबास गर्ने व्राम्हण, नेवार तथा अन्य जातिहरुले २०६९ सालदेखि नै पर्व सुधारका निम्ति भन्दै नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् । विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ ।

दशैँको टीका लगाएपछि शिक्षक, विद्यार्थी, अभिभावक तथा गाउँलेले सामूहिक रुपमा भोज खाएका छन् । उनीहरुले भदौ ६ गते घटस्थापना भन्दै सामूहिक रुपमा जमरा राखेका थिए । पर्व सुधार अभियानलाई छोप्राकका इञ्जिनियर हरिनारायण मल्लले सहयोग गर्दै आएका छन् । टीका, जमरा राख्नदेखि भोजभतेर गर्न अर्थ सहयोग आउने गरेको छ ।

 

सम्बन्धित शिर्षकहरु