भदौ १४, असनेपाल न्युज । उत्तर कोरियासँग तनाव बढ्दै गर्दा अमेरिकाले अहिलेसम्म कै खतरनाक बम परीक्षण गरेको छ । परमाणु हमलाको खतरा बढेपछि अमेरिकाले नयाँ बम परीक्षण गरेको मेट्रो समाचारले बताएको हो । बि६१–११२ नामको उक्त परमाणु बमलाई अहिलेसम्मकै खतरनाक मानिएको छ । पचार हजार किलो टन टिएनटी भरिएको उक्त बम निकै घातक भएको सैन्य विशेषज्ञले बताएका छन् ।
उक्त बमलाई यसै हप्ता परीक्षण गरिएको थियो । राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नयाँ बम परीक्षण गरिएको अमेरिकी अधिकारीले बताएका छन् । मंगलबार उत्तर कोरियाले जापानी भूमिका क्षेप्यास्त्र प्रहार गरेपछि कोरियाली प्रायदीपको तनाव उत्कर्समा पुगेको छ । एजेन्सी








