जनकपुरमा एमाले कार्यकर्ता भेलामा राजपा कार्यकर्ताद्वारा ढुंगामुडा प्रहार

भदौ १३,जनकपुर । प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका लाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् । रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले नेपाललाई कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले तितरबितर पारेका उनीहरुले पुन एमालेकाे कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए । एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् ।  एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।

 

सम्बन्धित शिर्षकहरु