एकै रातमा सुनको मुल्य १ हजारले वृद्दी

भदौ १३, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको एकाएक आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजारले बढेर ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोल ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन भोलिपल्टै अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढावले एक हजारले बढेको हो ।

यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित शिर्षकहरु