भदौ १३, नवलपरासी । राष्ट्रिय निकुञ्जबाट नारायणीको बाढीमा बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् ।
बाढीमा बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका-५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीहरु गैँडा गाउँ वरिपरी घुमीरहेकाले त्रसित बनेका छन् । उनीहरुले गैँडाका कारण आफुहरु जोखिममा रहेको तथा घर बाहिर निस्कन नसकेको बताएका छन् ।
रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीका अनुसार प्रहरी गैँडाको निगरानी गरिरहेको।
यस सम्बन्धमा निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराइसकिएको पनि उनले बताए






