राजनीतिक र प्रशासनिक ब्यक्तिहरूको ब्रम्ह लुट, वैदेशिक भ्रमणमा मात्र १९ करोड स्वाहा

भदौ १३, काठमाडौं । सरकारी अधिकारीले जथाभावी बजेटमा समावेश नै नभएको कार्यक्रममा विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ ।

राजनीतिक र प्रशासनिक ब्यक्तिहरूले बजेट सीमा भन्दा बाहिर भएका कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । अर्थ मनत्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानून आयोग, सर्वोच्च अदालत र ब्यवस्थापिका संसद्का अधिकारीहरू बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्त रकम सकिएको हो ।

विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८५ हजार रुपैयाँ सकेका हुन् । १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक ब्यक्तिहरूको भ्रमणमा खर्च भएको हो ।

सम्बन्धित शिर्षकहरु