मन्त्री हुँदा भित्र्याइएकी छोरीसमान कान्छी श्रीमती ‘अर्कै’संग भाग्न खोज्दा….

भदौ १३, काठमाडौं । घरमा जेठी हुदाहुँदै जनसंख्या तथा वातावरण मन्त्री हुँदा विश्वेन्द्र पासवानले आफ्नै पार्टीकी कार्यकर्तालाई कान्छी बनाएर भत्र्याएका थिए । तीनै भित्र्याएकी छोरीको उमेरकी कान्छी श्रीमती अर्कै केटासँग भाग्न लागेको थाहा पाएपछि पूर्वमन्त्री विश्वेन्द्र पासवानले विमानस्थलमै कान्छी श्रीमती माथि आक्रमण गरेका हुन् ।

छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई मुक्का प्रहार गरेका हुन् ।

यसअघि कान्छी श्रमती ल्याएको भन्दै जेठी पत्नीतर्फबाट छोराले कुट्दा गम्भीर घाइते भएका थिए । छोराको लात्ताले भुडीमा प्रहार हुँदा उनको प्यान्क्रियाजमा गम्भीर समस्या आएको थियो । मन्त्री हुँदा त्यतिबेला विश्वेन्द्रले राज्यकै खर्चमा उपचार पाएका थिए । ओली सरकारका पालमा विश्वेन्द्र  ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए ।

सम्बन्धित शिर्षकहरु