भदौ १२,काठमाडौं । युएईको दुवईमा चितवन रत्ननगर बछौलीका पर्शुराम सापकोटा र उहाँकी श्रीमती कल्पना सापकोटाको रहस्यम मृत्यु भएको छ । सापकोटा दम्पति शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार साँझ डेरदुवईमा रहेको आफ्नै कोठामा सुतेका उनीहरु अर्को दिन साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कल्पनाको घाँटी रेटिएको र पर्शुराम झुण्डिएको अवस्थामा भेटिएका थिए ।
कल्पना ३ वर्ष पहिले युएई आएकी थिइन । कल्पनाले नै भिसाको व्यवस्था मिलाए पछि पर्शुराम केही समय अघिमात्रै युएई आएका थिए ।
पर्शुरामका बुवा मोती सापकोटाले छोराबुहारीको हत्या भएको आशंका गरेका छन । फोनमा कुरा गर्दा पर्शुरामले आफ्नो हत्याको प्रयास भइरहेको बताउने गरेको उहाँको भनाई छ । आर्थिक लेनदेन र छोराबुहारी बिचको खटपटका कारण कसैले हत्या गरेको हुनसक्ने मोतीले आशंका रहेको छ ।
मृतकको शव डेरादुवई प्रशासनले लगेको छ ।उनीहरुको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको छ ।
सापकोटा दम्पत्तीको दुई छोरा छन् । कमाउन विदेश गएका छोराबुहारीको मृत्युको खबरले आमा मिसकुमारी अचेत हुनुहुन्छ ।








