भदौ ११, काठमाडौं । राजपा नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे दिल्लीमा दिएको अभिव्यक्ति र कोशी बाँधको उचाइ बढाउने सम्झाैताको खुलेर स्वागत गरेको छ ।
नेपाली जनताको भावनाको र हितको रुपमा प्रधानमन्त्रीले भारत भ्रमणको बेला बोलेको संविधान सम्बन्धी विषय उपयुक्त भएको भन्दै बचाउन आदिबासी जनजाति, थारु र मधेसीलाई साथमा लिएर संविधानलाई सर्वस्वीकार्य बनाउँछु भन्ने कुराको विरोध गर्नुको तुक नरहेको तर्क राजपाका नेता लक्ष्मणलाल कर्णले गरेका छनै ।
उनले थपे, ‘रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीको अभिब्यक्ति उपयूक्त हो, हामी त्यसको स्वागत गर्छौ । एमालेको अभिब्यक्ति बेतुकको छ, उ नेपालको समस्या समाधान गर्न चाहदैन भन्ने प्रष्ट भएको छ ।’
यस्तै तराईको बाढीलाई लिएर भारतको आलोचना भएको कुरालार्इ उनले खण्डन गर्दै भने, ‘खोला हाम्रो, पानी हाम्रो अनि बाढी चाँही भारतको हुने ? जुन विषयलाई लिएर पनि भारतको विरोध गर्दा राष्ट्रबादी हुने चलन छ त्यो उचित होईन ।’








